Indrenionline.com

शिक्षा अधिकृतमाथि कालो मोबिल छर्केर दुर्व्यवहार गर्ने बुढाथोकीलाई कारवाही गर्न कर्मचारीहरुमा माग

दाङ । घोराही उपमहानगरपालिकाका कर्मचारीहरुले सहकर्मी कर्मचारी शिक्षा महाशाखा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार गर्ने घोराही उपमहानगरपालिका– १५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम) लाई कानुनी कारवाही गर्न माग गरेका छन् ।

आफ्नो जिम्मेवारीमा खटिएका बोहरामाथि कालो मोबिल खन्याएर अपमानजनक, अमर्यादित व्यवहार गरेकाले घटनाको सत्य तथ्य छानविन गरी दोषिमाथि कानुनी कारवाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका हुन् ।

बुढाथोकीले घोराहीको भरतुरस्थित पद्योदय पव्लिक नमुना माध्यमिक विद्यालयको असार २७ गते तोकिएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा शिक्षा अधिकृत बोहरामाथि कालो मोबिल छर्केका थिए । कर्मचारीहरुले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रसेवक कर्मचारीलाई कुनै पनि दबाब, डर वा दुर्व्यवहारविना काम गर्ने वातावरण तयार गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यसैगरी घोराही उपमहानगरपालिकाले पनि विज्ञप्ति जारी गरी आफ्नो कर्मचारीमाथि दुव्र्यवहार गर्ने बुढाथोकीमाथि कारवाही गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई आग्रह गरेको छ । असार २७ गते विहान विद्यालयको गेट परिषरमै शिक्षा अधिकृतमाथि मोबिल छर्केर बुढाथोकी फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।