दाङ । दाङमा प्रहरीले चार जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनीहरुलाई १० ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
बरामद गरिएको लागुऔषध ब्राउन सुगर
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्ने वर्ष २५ का पबित्र डाँगी, सोही वडामा बस्ने वर्ष २६ का गोबिन्द बुढा मगर, तुलसीपुर ७ बस्ने वर्ष ३० का कमल केसी र सोही ठाउँ बस्ने वर्ष २७ का रिगल महतरा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिएका छन् । उ
नीहरुबाट प्रहरीले मोबाइल ८ थान र नगद ३ हजार ८४५ रुपैयाँ पनि बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
