दाङ । नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवसका अवसरमा नेपाल प्रेस युनियन दाङ शाखाले सस्थापक जिल्ला अध्यक्ष रामप्रसाद पौडेललाई सम्मान गरेको छ ।
विगत केही समयदेखी अस्वस्थ रहनु भएका सस्थापक अध्यक्ष पौडेलकै निवासमा पुगेर नेपाल प्रेस युनियन दाङले आज कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको हो ।
दाङ जिल्लामा नेपाल प्रेस युनियनको स्थापना तथा संगठन निमार्णमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा त्यसको कदर स्वरुप उनकै निर्वासमा पुगेर जिल्ला अध्यक्ष नारायण खड्का, केन्द्रिय सदस्य लक्ष्मिमान चौधरी, जिल्ला सल्लाहकार सन्तोष सुबेदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष पहलमान घर्ति, जिल्ला उपाध्यक्ष पार्वती बस्नेत, निवर्तमान सचिब आरके सितल कोषध्यक्ष लिलाधर वली, सदस्य नारायण् नेपाल लगाएतको टोलीले सस्थापक जिल्ला अध्यक्ष रामप्रसाद पौडेललाइ सम्मान गरेको हो ।
कार्यक्रममा सम्मानित व्यक्तीत्व रामप्रसाद पौडेलले घरमा आएर नेपाल प्रेस युनियन दाङ शाखाले देखाएको हार्दिकताको स्वागत गर्दै निस्पक्ष पत्रकारितामा लाग्न आग्रह गरेका थिए ।
पत्रकारिता कमजोर हुदा लोकतन्त्र कमजोर हुने भन्दै आवाज बिहिनहरुको आवाज बनेर राज्यको चौथो अंगका रुपमा हेरिएको पत्रकार जगत सधै अगाडी बढ्नुपर्ने बताए ।
