Indrenionline.com

दाङबाट एसईईमा १३ हजार ९९८ विद्यार्थी सहभागी

l8NnLahf/ l:yt sGof pRr dfWofdLs :s'ndf cfh af6 ;~rfng ePsf] P;Pn;L k/LIff lbb} ljBfyL{x? . tl:a/ M k|bLk/fh jGt,/f;;

दाङ। आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसवर्ष दाङबाट १३ हजार ९९८ जना विद्यार्थी सहभागी हुँदैछन् ।

जिल्लाका ११६ सामुदायिक र १४४ संस्थागत गरी २६० विद्यालयबाट १३ हजार ९९८ जना विद्यार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ दाङले जनाएको छ । परीक्षाका लागि जिल्लामा ४४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

समन्वय इकाइ दाङका शाखा अधिकृत एवं सूचना अधिकारी तिलकराम बञ्जाडेका अनुसार नियमित साधारणतर्फ ११ हजार ४३८ जना, प्राविधिक धारतर्फ ३३३ जना, ग्रेडवृद्धि साधारणतर्फ २ हजार १२६ जना र ग्रेडवृद्धि प्राविधिकतर्फ १०१ जना विद्यार्थी सहभागी हुँदैछन्। कुल सहभागीमध्ये ६ हजार ६१८ जना छात्र र ७ हजार ३८० जना छात्रा रहेका छन्।

यसवर्ष सामुदायिकतर्फ सबैभन्दा धेरै विद्यार्थी पद्मोदय पब्लिक नमुना मावि, घोराही बाट ३१६ जना छन् भने संस्थागततर्फ गोर्खा इन्टरनेसनल स्कुल, घोराही बाट २१४ जना विद्यार्थी सहभागी हुँदैछन्।