Indrenionline.com

साथीको जन्मदिन मनाउन हिँडेकी किशोरी जंगलमा मृत फेला

तुलसीपुर । दाङको बबई गाउँपालिका वडा ३ स्थित बनमा एक किशोरी मृत फेला परेकी छन् । साथीको जन्मदिन मनाउन भन्दै १२ चैतमा घरबाट निस्केकी बबई ३ सल्लीकोट निवासी १४ वर्षीय अनु खत्री सोही स्थानको भ्यूटावर नजिकै रहेको वनमा मृत फेला परेकी हुन् ।

अनुको शव सोमबार विहान १० बजेतिर प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेत जानकारी दिएका छन् । शवलाई पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको छ । परिवारले घटना संकास्पद भएकाले सत्यतथ्य छानविनको माग गरेका छन् ।