Indrenionline.com

आजदेखि घोराही उपमहानगरपालिका लैंगिक हिंसा नियन्त्रित नगर बन्दै

इन्द्रेणी संवाददाता
दाङ । दाङको घोराही उपमहानगरपालिका आजदेखि लैंगिक हिंसा नियन्त्रित नगर घोषणा हुँदैछ । उपमहानगरपालिकोको आज माघ १५ गते परेको ४८ औं स्थापना दिवसको अवसरमा उपमहानगरलाई लैंगिक हिंसा नियन्त्रित नगरको रुपमा घोषणा गर्न लागिएको हो ।
वि.स. २०३५ सालमा स्थानापना भएको घोराही उपमहानगरपालिकाले आज ४८ औं स्थापना दिवस पनि मनाउँदैछ । स्थापना दिवसको अवसरमा आज एक दिनका लागि उपमहानगरपालिकाले सेवा बन्द गरेको छ । स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले परिसरमा कार्यक्रमको आयोजना गरेको छ ।