दाङ । प्रहरीले घरको आगनमा पार्किङ गरेर राखेको अटो रिक्सामा आगजनी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १३ प्रगतिनगर टोलमा बस्ने जीवन वलीले आफ्नो कोठा अगाडि पार्किङ गरेको रा १ ह २७५७ नम्बरको अटो रिक्सामा आगजनी गरेको आरोपमा रोल्पा माडी गाउँपालिका वडा नं. ०६ स्थायी ठेगाना भई हाल घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँ बस्ने वर्ष १८ का सन्देश नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
रिक्सा मालिक वलीले रिक्सामा आगजनी भएको प्रहरीलाई जानकारी दिएपछि खटिएको टोलीले नेपालीलाई पुस २४ गते घोराहीको नयाँ वसपार्कबाट नियन्त्रणमा दिएको हो । नेपालीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
