Indrenionline.com

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनमा नयाँ कार्यसमिति

दाङ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको अध्यक्षमा लक्ष्मण न्यौपाने चयन भएका छन् । शनिवार घोराहीमा सम्पन्न १७ औँ साधारणसभा तथा ९ औँ अधिवेशनबाट न्यौपाने सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै एसोसिएसनको उपाध्यक्षमा डिल्लीराम पोख्रेल, हुमबहादुर रेग्मी र मनिराम वेलबासे, महासचिवमा यामबहादुर आर.सी., सचिवमा गैरिकुमार चौधरी र कोषाध्यक्षमा जीवराज भट्टराई चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा अनुप चौधरी, प्रेम चौधरी, सन्तोष चौधरी, रामप्रसाद भुषाल, रोशन चौधरी, भोला चौधरी र हरिहर न्यौपाने चयन भएका छन् ।