उदय बीसी/दाङ
दाङ । दाङको पर्यटन उद्योगमा झण्डै ६ अर्ब करोड लगानी भएको छ । घरेलुु तथा साना उद्योगअन्र्तगत दर्ता हुने पर्यटन उद्योगमा सो लगानी भएको छ । घरेलुु तथा साना उद्योग कार्यालय दाङमा आर्थिक वर्ष २०७२/७३ सम्ममा दर्र्ता भएका २ सय ५८ घरेलुु पर्यटन उद्योगमा रू. ५ अर्ब ८९ करोड १५ लाख २६ हजार ९ सय ६९ रुपैयाँ लगानी भएको छ ।
घरेलु कार्यालयमा दर्ता भएकाको आधारमा मात्रै जिल्लामा होटल तथा रेष्टुुरेन्टहरु यति नै छन भन्न नसकिने उद्योग अधिकृत वलीले बताउनुभयो । ‘जिल्लामा ठूला–ठूला होटल तथा रेष्टुुरेन्ट पनि छन् जुुन सिधै भ्याटमा दर्ता भएर पनि सञ्चालित छन्’, उहाँले भन्नुभयो, ‘घरेलुमा दर्ता हुने धेरै सानो लगानीका सञ्चालन भएका पर्यटन उद्योग हुुन् ।’
जिल्लामा ठूलो लगानीमा सञ्चालित होटल सिटी प्लाजा, होटल भिङग्रेली भिलेज, होटल थ्री स्टार, होटल हाइवेलगायत करोडौं लागनीका छन् । पछिल्लो समयमा बजार विस्तार हुुनले जिल्लामा होटल व्यवसाय वढ्दो क्रममा रहेको रहेको दाङ देउखुुरी होटल व्यवसाय समितिका अध्यक्ष रुद्रबहादुुर डा“गीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा साना ठूला गरी होटलको संख्या करीव पाँच सय पुगेको छ ।
जिल्लामा सञ्चालन भएका होटलहरुमा कम्तिमा एउटा होटलमा रू. २ करोडभन्दा वढी लगानी भएको समितिले बताएको छ । जिल्लाको आन्तरिक र वाह्य पर्यटनलाई विकास एवं प्रर्वद्धन गर्न सके यहाँको होटल व्यवसायसँगै पर्यटन व्यवसाय फस्टाउने अध्यक्ष डाँगीको भनाइ छ ।