Indrenionline.com

ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

Motorcycle and truck accident

दाङ । दाङको श्रीगाउँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार सल्यानको कालीमाटी गाउँपालिका–३ निवासी २३ वर्षका भिषण पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । त्यस्तै घटनामा परेर गम्भिर घाइते मोटरसाइकल चालक बबइ गाउँपालिका ३ निवासी गणेश वली छन् । वलीलाई थप उपचारका लाग भारतको लखनौ लगिएको छ ।

तुलसीपुरबाट हंसपुरतर्फ जाँदै गरेको रा ७ प ५६७८ नम्बरको मोटरसाइकललाई जाजारकोटबाट तुलसीपुरतर्फ गइरहेको २९ ना ६ख २६३५ नम्बरको ट्रकले हिजो राति ८ बजे श्रीगाउँमा ठक्कर दिएको हो ।