Indrenionline.com

अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने JCB र टिप्परलाई एक लाख ८० हजार जरिवाना

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका १४ स्थित बगौसी दोभदान किनारमा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका एउटा जेसिवि र एउटा टिप्पर कारवाहीमा परेका छन् ।

अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् सूचनका आधारमा प्रहरीले त्यहाँ नदिजन्य पदार्थ उत्खनन् गरिरहेका रा १ क १०६१ नम्बरको जेसिवि र र रा १ ख २६१४ नम्बरको ट्रिप्परलाई नियन्त्रणमा लिएको थियो । त्यसपश्चिात तुलसीपुर उपमहानगरपालिकाले एक लाख ८० हजार ५१७ रुपैयाँ जरिवाना गरी छोडिएको प्रहरीले जनाएको छ ।