दाङ । भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा जिल्ला सरकारी वकिल कार्यालय दाङको कार्यालय भवनमा ढुङ्गामुढा, तोडफोड, लुटपाट चोरी तथा आगजनी गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नं. १८ बस्ने वर्ष २४ का संजित घर्तीमगर र जिल्ला पाल्पा माथागढी गाउँपालिका वडा नं. ४ झडेवा बस्ने वर्ष १८ का बिशाल नेपाली रहेका छन् । उनीहरुलाई सात दिनको म्यादथप भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
