दाङ । दाङमा सर्पले डस्दा एक जनाको ज्यान गएको छ । सर्पको डस्दा राजपुर गाउँपालिका वडा नं. ३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यादवलाई आज बिहान घरभित्रै सर्पले डसेको र उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पु¥याएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । यादव शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापक समेत भएको बताइएको छ ।
