घोराही । घोराही उपमहानगरपालिका १७ गुलरियास्थित शिवपार्वती तथा राधाकृष्ण मन्दिरमा आजदेखि एक महिने श्री शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीको शुरु भएको छ । व्यवस्थापन समितिको आयोजनामा सञ्चालन भएको श्रृङ्गारिक महाआरतीको उदघाटन गरिएको छ ।
श्रृङ्गारिक महाआरतीको घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले उदघाटन गरेकी हुन् । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सहिद स्मारक पार्क, सांस्कृतिक संग्रहालय परिसर र शिव पार्वति तथा राधाकृष्ण मन्दिरको संरक्षण तथा भौतिक स्तर उन्नतिका लागि आयोजित शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् शिवपुराण तथा श्रृङ्गारिक महाआरती मूल आयोजक समिति संयोजक गोविन्द गोराथोकी बताए ।
शिवपुराण तथा श्रृङ्गारिक महाआरतीमा हरेक दिन बिहान साढे ४ बजेदेखि योग साधनाबाट शुरु हुनेछ । सो अवसरमा रुद्री, रूद्राभिषेक, लक्ष्यवर्तिका, चौरासी पूजा, जन्मदिन, गृहपूजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध, चूडाकर्मलगायत कार्य हुने छन् ।
