Indrenionline.com

दाङमा जुवाको खालबाट नौ जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरी जुवाको खालबाट नौ जनालाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका ५ न्यूरोडस्थित मिनबहादुर घर्तीको घरमा जुवा खेतीरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार जुवाको खालबाट ४६ हजार ६४५ रुपैयाँ नगद पनि बराबद गरिएको छ । जेठ २ गते नियन्त्रणमा लिइएका उनीहरुलाई पाँच दिनका लागि म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुको नामावली