Indrenionline.com

कृत्रिम जलाशयमा डुबेर महिलाको मृत्यु

दाङ। दाङमा एक कृत्रिम जलाशयमा डुबेर एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका –१७ स्थित भैसाहीकी ३९ वर्षीया सिता खनालको आरोग्य ड्याममा डुबेर विहीवार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहका अनुसार विहीबार दिउँसो डुबेर मृत्य भएको अबस्थामा तालमा मृतकको शब फेला परेको थियो । मृतक खनालको शब पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।