दाङ । महाशिवरात्रीको दिनमा दाङको धारपानीमा लागेको आयव्य सार्वजनिक गरिएको छ । महाशिवरात्री मेलामा ७ लाख ७३ हजार २० रुपैया आम्दानी भएको छ ।
मेलामा दुई लाख ६९ हजार सात सय ८० रुपैया खर्च भई पाँच लाख तीन हजार २४० रुपैया बचत भएको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिएका छन् । समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा शुक्रवार सम्पन्न बैठकमा मेलाबाट संकलन भएको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।
मेलामा सवैभन्दा बढी दान पेटिकाबाट दुई लाख ९२ हजार, नगद सहयोगबाट दुई लाख १२ हजार ६०, बजार मेलाबाट एक लाख ९३ हजार र पार्किङ शुल्कबाट ७५ हजार ९ सय ६० रुपैया आम्दानी भएको छ ।
बैठकले यस बर्षको महाशिवरात्री मेला व्यवस्थित र भव्य रुपमा समपन्न भएको निष्कर्ष निकाल्दै मेलामा सहयोग गर्ने लुम्बीनी प्रदेशका मुख्यमन्त्री, राजनितिक दल,भत्तजन, सुरक्षाकर्मी,बिभिन्न धार्मिक संस्था,सरसकारी तथा गैरसरकारी संघसंस्था,उद्योगी व्यवसायी,पत्रकार,नागरिक समाज,मेलाव्यव स्थापन उपसमितिहरु,स्थानीय व्यापारी तथा कर्मचारी लगायत सवैमा धन्यवाद ज्ञापन गरेको छ । मेला फागुन १२, १३ र १४ गते लागेको थियो ।
