Indrenionline.com

चार करोड २४ लाख लगानीमा आँखा शल्यक्रिया भवन बन्दै

तुलसीपुर । चार करोड २४ लाखको लागतमा राप्ती आँखा अस्पताल तुलसीपुरमा शल्यक्रिया भवन निर्माण हुने भएको छ । भवनको आज शिलान्यास गरिएको छ । भवनको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्का, भारतीय राजदुतावासका प्रथम सचिव वशिष्ठ नन्दनले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

२०८३ वैशाखमा काम सम्पन्न गर्ने गरी भारतीय दुतावास, तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको संयुक्त लगानीमा भवन निर्माण हुन थालेको हो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले नगरको गौरवका रूपमा रहेको अस्पताललाई प्रदेशकै नमुनायोग्य आँखा अस्पतालका रूपमा विकास गर्न शल्यक्रिया भवन निर्माणमा सहयोग गरिएको बताए ।

अस्पताल स्थापना भएपछि हालसम्म ३९ लाख लाख ७७ हजार पाँच सय बढीले सेवा लिएका छन् । २०४५ सालमा स्थापना भएको अस्पतालमा दुई लाख ४४ हजारको शल्यक्रिया गरिएको छ । तीमध्ये ४७ हजार नौसय ५८ जनाको निःशुल्क रूपमा आँखाको शल्यक्रिया गरिएको छ ।