Indrenionline.com

दाङमा तोरी उत्पादन वृद्धि

दाङ । दाङमा तोरी उत्पादनमा वृद्धि भएको छ । जिल्लामा तोरी खेती गर्ने किसानसँगै क्षेत्रफल बढ्दा उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०८१ ८२ मा १६ हजार ६१५ हेक्टरमा तोरी खेती भएकोमा ३१ हजार ५६८।५ मेट्रिक टन तोरी उत्पादन भएको छ । तोरी खेतीका लागि जिल्लामा गत वर्षभन्दा यस वर्ष करिब दोब्बरले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत वर्षभन्दा यस वर्ष २०५ हेक्टरभन्दा बढी क्षेत्रफलमा तोरी खेती गरिँदा करिब १३ हजार २५।२ मेट्रिक टन तोरी उत्पादन वृद्धि भएको छ । आव २०८०र८१ मा १६ हजार ४१० हेक्टर क्षेत्रफलमा तोरी खेती हुँदा १८ हजार ५४३।३ मेट्रिक टन तोरी उत्पादन भएको थियो । तोरीको उन्नत जातको बिउ प्रयोग, सिँचाइको व्यवस्थासँगै सल्फरको प्रयोग गरिएका कारण उत्पादन वृद्धि भएको हो ।