दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीद्वारा आयोजित किड्स ओलम्पियाड बेल्झुण्डी रङ्गशालामा सम्पन्न भएको छ । प्याब्सन घोराहीले पहिलो पटक सञ्चालन गरेको प्रथम प्याब्सन घोराही किड्स ओलम्पियाड २०८१ शनिबार सम्पन्न भएको हो ।
कूल पाँचवटा इभेन्ट प्रस्तुत गरिएको ओलम्पियाडमा तीन वटा इभेन्टहरु कक्षागत रहेको थियो । कक्षा एलकेजीका विद्यार्थीहरु बेलुन ब्लास्ट, कक्षा युकेजीका विद्यार्थीहरु टिसर्ट एक्स्चेन्ज र कक्षा एकका बिद्यार्थीहरु ५० मिटर दौडमा सहभागी भएका थिए । ओलम्पियाडमा कूल सहभागी ३२ ओटा विद्यालयलाई ४ ओटा समुहमा विभाजन गरि एकसाथ कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य केशब थापा, पूर्व केन्द्रीय सदस्य जीवन कुमार आचार्य, प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष अमर सुवेदी, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष एवम् प्याब्सन घोराही नगरका प्रमुख सल्लाहकार विरेन्द्र चन्द, अन्तरपालिका प्याब्सन दाङका संयोजक गिरिराज डाँगी र घोराही उपमहानगरपालिकाका खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
