घोराही । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिको २२ औँ साधारण सभा घोराही सम्पन्न भएको छ । समितिका अध्यक्ष उमेशचन्द्र मज्गैयाको अध्यक्षता एवं पूर्व अध्यक्ष यादव शाहको प्रमुख आतिथ्य एवं सल्लाहकार सुरेश हमाल र पूर्वअध्यक्ष मिनराज वलीको विशिष्ठ आतिथ्यमा साधारण सभा शनिवार सम्पन्न भएको होे ।
सो अवसरमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समितिका प्रशासनिक सचिव शुभाष श्रेष्ठले यातायात व्यवसायीहरुको हकहितका लागि समितिले काम गर्दै आएको बताए ।सभामा कोषाध्यक्ष हिमन्त प्रसाद पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
