दाङ । सडक मानवहरुको लागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा यही माघ १७ गतेदेखि घोराहीमा हुने महायज्ञमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिने भएको छ ।
सडक मानव तथा सार्वजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवश्थामा रहेका खाना, नाना र छानाविहीन वेवारिसे सडक मानवहरुको सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा घोराही उपमहानगरपालिका १० मा रहेको मानव सेवा घरको दिगो व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्ने उद्धेश्यकासाथ माघ १७ गतेदेखि २४ गतेसम्म ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ मा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरिने भएको हो ।
महायज्ञमा ५०० सयभन्दा कम रकमलाई दान पात्रमा राख्ने, ५ हजारदेखि १ हजारसम्म दान गर्नेलाई रसिद प्रदान गर्ने, १ हजार ५ देखि दुई हजार ५ सय दान गर्नेलाई रामनामीद्वारा सम्मान गर्ने, २ हजार ५ सय ५ देखि ५ हजारसम्म दान गर्नेलाई सम्मान पत्र र रुद्राक्षको मालाद्वारा सम्मान गरिनेछ ।
यस्तै ५ हजार ५ देखि २५ हजारसम्म दान गर्नेलाई फ्रेमसहितको सम्मान पत्र र रामनामीद्वारा सम्मान गर्ने, २५ हजार ५ देखि ५० हजारसम्म दान गर्नेलाई फ्रेमसहितको सम्मानपत्र, रामनामी र रुद्राक्षको मालाद्वारा सम्मानका साथै दाता १ जनाको नाम शिलापत्रमा उल्लेख गर्ने, ५० हजार ५ देखि १ लाखसम्म दान गर्नेलाई फ्रेमसहितको सम्मान पत्र र दोसल्लाद्वारा सम्मानका साथै परिवारको २ जनाको नाम शिलापत्रमा उल्लेख गरिनेछ र सो अक्षय कोषबाट प्राप्त ब्याजले विशेष दिनमा सेवा घरमा भोजन सेवा गरिनेछ ।
त्यसैगरी एक लाखभन्दा अक्षयकोषमा दान गर्नु हुने दाता महानुभावहरूलाई सम्मानपत्र दोसल्लाद्वारा सम्मानका साथै परिवारको ४ जनाको नाम शिलापत्रमा लेखिनेछ र सो अक्षय कोषको ब्याजबाट वर्षमा दाताले तोकिएको एक दिन सेवा घरमा भोजन सेवा गरिने आयोजक मूल समितिका संयोजक चन्द्रराज पन्तले जानकारी दिए ।
यस्तै तुला दान गर्ने महानुभावहरूलाई सम्मानपत्र र रामनामीद्वारा सम्मान गर्ने, कर्ताको रूपमा यज्ञ सेवा गर्ने व्यक्तिलाई सम्मानपत्र र रामनामीद्वारा सम्मान गर्ने, संकल्पसहित आरती गर्नुहुने व्यक्तिलाई रुद्राक्षको मालाद्वारा सम्मान गर्ने र लक्षवत्र्तिका प्रज्वलन गर्ने एवं व्रतबन्ध (उपनयन संस्कार)मा संलग्न हुनेहरुलाई रुद्राक्षको माला र सम्मानपत्रद्वारा सम्मान गरिने छ ।
