Indrenionline.com

दाङमा २४ किलो चरेशसहित तीन जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले २४ किलो ७१० ग्राम लागुऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा प्युठान स्वर्गद्धारी नगरपालिका २ बस्ने बर्ष ३९ को निमबहादुर आले, नौबहिनी गाउँपालिका २ बस्ने बर्ष २१ की देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका ७ बस्ने बर्ष २९ को प्रकास घर्ती मगर रहेका छन् । उनीहरु घोराही उपमहानगरपालिका १३ सिर्जनशिल टो स्थित कुल बहादुर बस्नेतको घरमा डेरा गरेर बस्दै आएको प्रहरीले जनाएको छ ।

उनीहरुको कोठामा खानतलासी लिदा आले र देउकलीले प्रयोग गर्दै आएको भान्साकोठामा प्लाष्टिकको ड्रमभित्र प्लाष्टिकमा पोका पारेर लुलाइएको अवस्थामा चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लागु औषध चरेश फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि वढाइएको प्रहरी प्रवक्ता डिएपी ईवर थापाले जानकारी दिएका छन् । उनीहरुलाई प्रहरीले बुधवार वेलुकातिर पक्राउ गरेको हो ।