दाङ । अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा आज साँझ होटेल पौवा घोराहीमा बिशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा चर्चित लोकगायक पशुपति शर्मा, एञ्जिला रेग्मी लगायतका कलाकारहरु आउने होटेल पौवा घोराहीका म्यानेवर केडी शर्माले बताए । नयाँ बर्ष सांगितिक रमझमका साथ शुरुवात गर्न बेलुका ७ बजेदेखि कार्यक्रम आयोजना गरेको उनले जानकारी दिए ।
कार्यक्रममा बिभिन्न साँस्कृतिक प्रस्तुतीका साथ बिभिन्न परिकारहरुको पनि आनन्द लिन सकिने उनले बताए । कार्यक्रममा सहभागिताका लागि शर्माले सबैलाई आह्वान गरेका छन् । भोलिदेखि अग्रेजी नयाँ बर्ष सन् २०२५ लाग्दैछ ।
