इन्द्रेणी संवाददाता
दाङ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक स्थायित्व र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक रहेको छन् ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेकी शर्माले पाँच वर्षमा पाँच वटा सरकार बन्ने अवस्था भइरहेको हुँदा यस प्रकारको गलत अभ्यास रोक्न नसकिए मुलुकले विकासमा गति लिन नसक्ने धारणा राखिन् ।
पत्रकारहरुलाई सत्य र न्यायको पक्षमा निस्पक्ष भएर कलम चलाउने आग्रह गर्दै शर्माले पत्रकारहरुले समस्यालाई व्यवस्थित र निष्पक्षताका साथ उठान गरिदिएमा कुशल नेतृत्वले राम्रो काम गर्ने बताइछन् । कार्यक्रममा महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले देश र नागरिकको पक्षमा पत्रकार र मिडियाले गर्नुपर्ने दायित्व जिम्मेवारीपूर्वक वहन गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङमा नवनिर्वाचित पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरुलाई खादा र अविर लगाएर स्वागत तथा सम्मान गरिएको थियो ।
