इन्द्रेणी संवाददाता
दाङ । आजदेखि घोराहीमा सातौं मेयर रनिङ कप फुटबल प्रतियोगिता २०८१ शुरु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरस्थित खेल मैदानमा खेल शुरु भएको हो ।
खेलको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले खेलकुदको बिकास र प्रबद्र्धनका लागि नगरले समिति नै गठन गरेर विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको बताए । व्यक्ति स्वस्थ बन्नका लागि पनि खेलकुद अति आवश्यक रहेको उनको भनाइ थियो ।
प्रतियोगितामा १९ वटै वडाबाट खेलाडीहरु प्रतिस्पर्धा गर्ने छन् । उद्घाटन खेल वडा नम्बर १७ र उपविजेता वडा नम्बर १३ विच भएको छ । खेलमा वडा नम्बर १३ ले २ का विरुद्ध ३ गोल गर्दै वडा नम्बर १७ लाई पराजित गरेको छ । शनिबार तीन वटा खेल हुने छन् । जस अनुसार ११ बजे वडा नम्बर ११ र ७, १ बजे वडा नम्बर ५ र १० तथा ३ बजे वडा नम्बर १८ र १२ वित प्रतिस्पर्धा हुने छ ।
