Indrenionline.com

दाङमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

दाङ । दाङमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बसको ठक्करबाट मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ बिजौरी निवासी करिब ३१ वर्षीय कृष्णबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मङ्गलवार राति साढे ७ बजेको समयमा गोरखा आइडियल स्कुल लालमटियाको रा १ प १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शाहीको घटनास्थलमा मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ जाँदै गरेको बसले पश्चरततर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।