Indrenionline.com

प्रेस सेन्टर तुलसीपुरको अध्यक्षमा भण्डारी

इन्द्रेणी संवाददाता
दाङ । आज सम्पन्न प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाको दोस्रो अधिवेशनले टेकराज भण्डारी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा बिशाल परियार, सचिवमा रिता केसी, सहसचिवमा कृष्ण केसी र कोषाध्यक्षमा मन बहादुर बुढाथोकी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मंगलसिङ घर्ती, दामोदर केसी, निकिता बुढाथोकी, हुमबहादुर नेपाली, युवराज केसी र जितेन्द्र खड्का चयन भएका छन् ।