इन्द्रेणी संवाददाता
दाङ । दाङमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ ।
सोमवार वेलुका पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुर्खेतबाट भैरहवा जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले दाङको राप्ती गाउँपालिका २ कटेसनाला नजिकै रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक राप्ती गापा ३ बसन्तपुर बस्ने १८ वर्षका सोनु गुरुङको ज्यान गएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएको गुरुङको उपचारका क्रममा वेलुका ८ बजेतिर भालुवाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनापछि ट्रक चालक रामेछाप सुनापति गाउँपालिका ५ का ४१ वर्षका सोम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
