Indrenionline.com

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते

इन्द्रेणी संवाददाता
दाङ । दाङको लमहीमा आज विहान बस दुर्घटना हुँदा दुई जनाको मृत्ष्ु भएको छ भने १२ जना घाइते भएका छन् । चन्द्रौटाबाट बर्दियातर्फ जाँदै गरेको लु १ ज ४२९८ नम्बरको विङ्गर किया बस लमही नगरपालिका ९ च्याउँखोला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा कपिलबस्तु शिवराज ३ बस्ने बर्ष ४२ की त्रीथी थारु, सोही ठाउँका बर्ष ६० की फुलसी थारु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुको उपचारको क्रममा ज्यान गएको थियो ।

त्यसैगरी दुर्घटनामा परी घाइते हुनेमा कपिलबस्तुका बर्ष ४५ की मिथिया थारु, बर्ष ६५ की चेहली थारु, बर्ष ७७ की दर्सनी थारु, बर्ष ६० की महङ्गी थारु, बर्ष ४० की सरिता थारु, बर्ष ५५ की राम पियारी थारु, बर्ष ४७ को रामचन्द्र थारु, बर्ष ४५ को बुद्धि चौधरी, बर्ष ४५ की फुलबजनी चौधरी, बर्ष ४५ की गुड्डी थारु, बर्ष ३८ को बुद्धराम थारु र बर्ष ३६ को सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।