Indrenionline.com

गोरखाले जित्यो तेस्रो प्याब्सन घोराही रनिङ शिल्डको उपाधि

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन घोराहीले आयोजना गरेको प्याब्सन घोराही रनिङ शिल्ड २०८१ को उपाधि गोरखा इन्टरनेशनल पव्लिक स्कूल घोराहीले जितेको छ । आइतवार सम्पन्न खेलमा सात स्वर्ण, चार रजत र नौ काश्य पदकसहित सर्वाधिक २० पदक हात पार्दै गोरखाले शिल्ड उपाधि जितेको हो ।

यसैगरी प्रतियोगितामा पाँच स्वर्ण, दुई रजत र एक काश्य पदक जितेर मदनभण्डारी मेमोरियल स्कुल घोराही उपविजेतामा सीमित भएको छ भने तेस्रो हुने मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराहीले दुई स्वर्ण, तीन रजत र तीन काश्यसहित आठ पदक जितेको छ ।

प्रतियोगितामा दुई स्वर्ण, एक रजत र दुई काश्य पदकसहित पाँच पदक जितेर ज्ञानसिन्धु मावि घोराहीले सान्त्वना स्थान हासिल गरेको छ । यस्तै ग्यालेक्सीले दुई स्वर्ण, तीन काश्यसहित पाँच पदक, सनराइजले दुई स्वर्ण र एक काश्यसहित तीनवटा पदक, स्टार बोर्डिङले दुई स्वर्ण पदक, सिद्धार्थ एकाडेमीले एक स्वर्ण, तीन रजत र दुई काश्यसहित छ पदक जितेको छ भने बात्सायनले एक स्वर्ण,तीन रजत र एक काश्यसहित पाँच पदक हासिल गरेको छ ।

यसैगरी डिभाइन एकाडेमीले एक स्वर्ण, एक रजत र एक काश्यसहित तीन पदक जितेको छ भने ज्ञानज्योतिले एक स्वर्ण, तीन रजत र एक काश्यसहित पाँच पदक, हिन्दु विद्यापीठले एक स्वर्ण, एक रजतसहित दुई पदक, लिटिल एन्जल स्कुलले एक स्वर्ण, एक रजत र एक काश्यसहित तीन पदक जितेको छ । जनज्योतिले पनि एक स्वर्ण, एक रजत गरी दुई पदक पाएको छ भने नवचेतनाले एक स्वर्ण र एक काश्य गरी दुई पदक पाएको छ । ओरर्चिडले एक स्वर्ण र एक रजत गरी दुई पदक पाएको छ ।

त्यसैगरी बालकुञ्जले एक स्वर्ण, पशुपतिले एक स्वर्ण र भिएन स्कुलले एक स्वर्ण, अल्फा स्कुलले एक रजत र दुई काश्य गरी तीन पदक, ज्योतिपुञ्ज घोराहीले दुई रजत र एक काश्यसहित तीन पदक, राप्ती सेकेन्डरीले दुई रजत, स्वर्गद्वारीले दुई रजत, युनिक मिडवेष्टर्नले एक रजत पदक जितेका छन् । शान्ति निकेतनले एक रजत, पर्लले एक रजत, ज्ञानमालाले एक काश्य, मनकामनाले एक काश्य, रमनाले एक काश्य, सभ्यताले एक काश्य, शान्ति सुधाले एक काश्य पदक जितेका छन् । चार दिन चलेको प्रतियोगितामा घोराहीका ५२ संस्थागत विद्यालयका खेलाडीले ३४ वटा इमेन्टस्मा प्रतिस्पर्धा गरेका थिए । खेल चार दिनसम्म चलेको थियो ।