Indrenionline.com

राजनीतिमा युवा पुस्ता आवश्यक : महासचिव पोख्रेल

दाङ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीमा नयाँ पुस्तालाई आकर्षण गर्नुपर्ने धारणा राखेका छन् ।

नेकपा एमाले दाङ क्षेत्र नम्बर २ क्षेत्रीय समन्वय कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवा पुस्तामाझ पार्टी काममार्फत जोड्न निर्देशन समेत दिए ।

पार्टी केन्द्र निर्देशनबमोजिम वडा तहसम्म नै समग्र क्षेत्रको विकासको योजना तयार पार्नुपर्ने बताउँदै महासचिव पोखरेलले युवा र महिलालाई पहिलो प्राथमिकता क्रममा राखेर पार्टीका गतिविधि, योजना तयार पार्न निर्देशन दिए ।