दाङ । आधारभुत विद्यालय गिठेपानी विद्यालयको सुधार तथा विकासका लागि श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजन गरिएको महायज्ञमा भक्तजनहरुको सङख्या बढदै गएको छ ।
भक्तजनहरुको सङख्या बढे संगै सहयोग गर्नेहरु समेत बृद्धि भएको छ । हाल सम्म सबै भन्दा धेरै दान अम्मबहादुर थापाले प्रदान गरेका छन् । उनले २ लाख ४ हजार १६ रुपैया प्रदान गरेका हुन । यसैगरेर हरिहर आचार्यले १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गरेका छन् । लिलाधर कुवर मगरले ५५ हजार ५ सय ५५ रुपैया, शोभादेबी कुवरले ५५ हजार ५ सय ५५ रुपैया, दिनेश वलीले ३१ बजार १ सय ५५ रुपैया, लेकबेसी टोलले ३१ ह्जार १ सय ५५ रुपैया, सोमबहादुर गिरीले २५ हजार ५ सय २५ रुपैया, टंकेश्वर अधिकारीले २५ हजार १ सय रुपैया, गाउवेसी टोल विकास संस्थाले १५ हजार ५ रुपैया प्रदान गरेको छ ।
त्यसैगरी खरकटी टोल विकास संस्थाले १५ हजार, गैरावारी ड्याम साइड टोल विकास संस्थाले १५ हजार ५५ रुपैया, पिमा कुवर मगरले ११ हजार १ सय १५ रुपैया, दिदी बहिनी टोल विकास संस्थाले १० हजार ५ सय ५५ रुपैया, बखतबहादुर रोकाले १० हजार ५ सय ५० रुपैया, चुनकुमारी विष्टले १० हजार ५ सय ५५ रुपैया, मधुसुदन थापाले १० हजार १५ रुपैया, टिकाराम थापाले १० हजार १५ रुपैया, चकटी जिसीले १० हजार ३ सय १५ रुपैया, ज्योतीकुमारी श्रेष्ठ १० हजार ५ रुपैया, शोभाकुमारी घर्तिले १० हजार १ सय ५ रुपैया दान दिएको आर्थिक समितीका संयोजक हस्त बि एमले जानकारी दिए । सहयोग दान उठनेक्रम जारी रहेको छ ।
घोराही उपमहानगरपालिका वडा नं १८ मा रहेको आधारभुत विद्यालय गिठेपानीले विद्यालयको सर्वाङणी विकासको लागि श्रीमद् भागवत ज्ञान महायज्ञ सञ्चालन गर्न सुरु गरेको हो । महायज्ञ यही कातिक २३ गते देखि ३० गते सम्म महायज्ञ सञ्चालन गरिने विद्यालयले जनाएको छ । विद्यालयमा मा वि तह सञ्चालन, खेलकुदका सामग्री, भौतिक पुर्वाधर निर्माण, अक्षय कोष स्थापना गर्ने उदेश्यले महायज्ञको आयोजना गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिनेश वलीले जानकारी दिए । विद्यालयको अन्य आम्दानीको स्रोत नहुदा दाताको भरकै विद्यालय सञ्चालन गर्नु पर्ने बाध्यता रहदै आएको छ । यसमा सबैको सहयोग रहने समेत उनले बताए ।
विद्यालयको आम्दानीको स्रोत नहुदा सञ्चालनमा समेत समस्या हुदै आएको अध्यक्ष वली बताउछन् । विद्यालयमा विद्यार्थीको संख्या बृद्धि भए पनि साधन स्रोतको कमी रहेको हुदा स्रोत जुटाउन महायज्ञको आयोजना गर्न थालेको विद्यालयले जनाएको छ । स्रोत व्यवस्थापन गरेर विद्यालयको विकासमा अगाडि बढीने उनको भनाइ छ । महायज्ञका कथावाचक पं अमृतशरण देवाचार्य रहेका छन् । महायज्ञ सबैको सहयोगमा सफल हुने आयोजकले अपेक्षा गरेको छ ।
