Indrenionline.com

प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

इन्द्रेणी संवाददाता
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ६९ औं प्रहरी दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउदैछ । दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

त्यस्तै आज घोराही उपमहानगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । सरसफाई घोराही उपमहानगरपालिकाको मुलगेटबाट सुरु भई जिल्ला प्रशासन कार्यालय रोड, नापी शाखा, दिपशिखा चोक, जिल्ला प्रहरी कार्यालय रोड हुदै पुनः उपमहानगरपालिका सम्मको सडक सफाई गरिएको थियो ।

सरसफाई कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक इश्वर थापा, शसस्त्र प्रहरी कारागार बेश घोराहीका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक होम न्यौपाने, घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारी, विभिन्न टोलका अध्यक्ष तथा पदाधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नेपाल र घोराही उपमहानगरपालिकाका सरसफाई शाखाका कर्मचारीहरु लगायतको सहभागिता थियो ।