इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले एक १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ गढवा गाउँपालिका ५ चैनपुर बस्ने १९ वर्षका किरण चौधरी, २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुले गढवा ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खाली घरमा लिएर किशोरीमाथि जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । १९ वर्षका किरण चौधरी फोन गरेर किशोरीलाई विवाहको प्रलोभनमा पारी बोलाइ चार जनाले जबरजस्ती गरेको जाहेरीमा उल्लेख गरिएको बताइएको छ । जाहेरीका आधारमा उनीहरुलाई विहीबार पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
