Indrenionline.com

दाङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई जना घाइते

इन्द्रेणी संवाददाता
दाङ । दाङमा चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । आज विहान परेको चट्याङ लागेर घोराही उपमहानगरपालिका वडा नं. ११ खुङकोट बस्ने तीन वर्षका समीर साहुको ज्यान गएको हो ।

चट्याङ लागेर घाइते भएका बालक साहुको उपचारका क्रममा विहान साढे ८ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै चट्याङ लागेर बालकका आमा ४२ वर्षका निमकली साहु र छोरी ६ वर्षकी सविना साहु घाइते भएका छन् । उनीहरुको उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको प्रहरीले जनाएको छ । विहान साहुको ढुंगा माटो र टिनले छायको घरमा चट्याङ परेको थियो । दाङमा विहानैदेखि हल्का वर्षा भइरहेको छ ।