Indrenionline.com

बरिष्ठ साहित्यकार शर्माको निधन

इन्द्रेणी संवाददाता
दाङ । दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको निधन भएको छ । शर्माको ८४ वर्षको उमेरमा उपचारका क्रममा बुधवार दिउँसो गौतम बुद्ध मुटु अस्पताल बुटवलमा निधन भएको हो ।

विहान एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि शर्मालाई उपचारका लागि गौतम बुद्ध मुटु अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा दिउँसो ३ बजेतिर उनको निधान भएको थियो । शर्मा लामो समयसम्म शिक्षक पेशामा संलग्न भएर निबृत्त भएका थिए । उनी विभिन्न साहित्यिक संस्थामा आवद्ध हुँदै लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील थिए । शर्मा अत्यन्तै मिलनसार र सरल स्वाभावका व्यक्ति थिए ।

साहित्यकार  शर्मा पूर्व सूचना तथा सञ्चार मन्त्री रेखा शर्माका पिता हुन् । निधनपछि अन्तिम दाहसंस्कारका लागि उनको पार्थिक शरीर घोराही उपमहानगरपालिका १८ मसिनास्थित निवासमा ल्याउन लागिएको छ । शर्माको पार्थिक शरीरको भोलि विहान ८ बजेतिर मसिना कटुवाखोलास्थित सतिघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।