Indrenionline.com

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

इन्द्रेणी संवाददाता

दाङ । दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ डाँडागाउँ बस्ने ६८ वर्षका बुद्धिराम चौधरीको करेन्ट लागरे ज्यान गएको हो ।

आज विहान साढे ८ बजेतिर चौधरीले आफ्नै गोठको छानामा फलेको लौका टिप्न गएको बेला विद्युत पोलमा नाङ्गो तारलाई छुन गई करेन्ट लागेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चौधरीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलस्पुरमा राखिएको प्रहरीले जनाएको छ ।