Indrenionline.com

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले श्रीमती हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका ९ बस्ने श्याम कुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साउन ३० गते विहान कुमालकी श्रीमती ४२ वर्षकी ईश्वरी कुमाल आफ्नै घरदेखि करीव ९ किलोमिटर हात्तीखालबाट स्याले जाने कच्ची सडकमा मृत फेला परेको र उनलाई आफ्नै र श्रीमान श्यामले मादक पदार्थ सेवन गरेर हत्या गरेको शंकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

श्रीमान श्यामले श्रीमतीसँग विवाद हुँदा लाठीले संवेदनशील अंग, टाउँकोलगायतका ठाउँमा हानेर हत्या गरेको बताइएको छ । उनलाई जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।