Indrenionline.com

भरुवा बन्दुकसहित तीन जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ । प्रहरीले दाङमा दुई जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर ४ का ३६ वर्षका टंक थापा र सोही ठाउँका २९ वर्षका युवराज गिरी रहेका छन् ।

उनीहरुलाई गोप्पे सूचनाका आधारमा हिजो स्थानीय गादिबरा सामुदायिक वनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थाई प्रहरी पोष्ट गोठीखालाबाट खटिएको प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो । उनीहरुबाट एक थान भरुवा बन्दुक र २१ थान छर्रा वरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी राजपुर ४ स्थित शक्ति सामुदायिक वनबाट राजपुर ४ का इच्छाकुमार रैदासलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । उनलाई शिकार खेल्न जाँदै गरेको समयमा एक थान बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।