Indrenionline.com

प्रहरीले स्कूलमा शैक्षिक सामग्री वितरण गरेपछि …..

इन्द्रेणी संवाददाता

दाङ । नेपाल प्रहरी श्रीमती संघको ४० औँ बार्षिकोत्सवमा शैक्षिक सामग्री वितरण गरिएको छ । विहीबार एक कार्यक्रमको आयोजना गरी घोराही उपमहानगरपालिका १३ कलमघारीस्थित बाल कल्याण प्रावि कलमघारीमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के।सी।, प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना, घोराही उपमहानगरपालिका वडा नं १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम गिरी, विद्यालयका प्रधानाध्यापक टोप बहादुर वलीलगायत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

सो क्रममा विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई ३० थान झोला, १५० थान कापी र ३० दर्जन पेन्सील वितरण गरिएको थियो ।