इन्द्रेणी संवाददाता
दाङ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँयाको बजेट बजेट ल्याएको छ ।
सोमबार उपमहानगरपालिकाको १५ औं नगरसभाको दोस्रो बैठकमा उपप्रमुख स्यानी चौधरीले चालुतर्फ ६५.६३ प्रतिशत अर्थात् एक अर्ब ३६ करोड १८ लाख, पुँजीगततर्फ ३३.४१ अर्थात् ६९ करोड ३१ लाख र वित्तीयतर्फ दुई करोडको विनियोजन बजेट प्रस्तुत गरिन् ।
उपमहानगरले सबैभन्दा धेरै बजेट शिक्षामा र कम बजेट पशु तर्फ विनियोजन गरेको छ । कुल बजेटको ३०.५७ प्रतिशत अर्थात ६३ करोड ४२ लाख ४९ हजार रुपैँया बजेट शिक्षामा छुट्याएको छ ।
पशुतर्फ कुल बजेटको १.०२ प्रतिशत अथार्त दुई करोड ११ लाख ८४ हजार पाँच सय ७५ रुपैँयाविनियोजन गरिएको छ ।
त्यसैगरी स्वास्थ्यतर्फ नौ करोड ५९ लाख ४० हजार,कृषितर्फ पाँच करोड ४८ लाखचौध हजार र अन्यशिर्षकमा एक अर्ब २६ करोड ८७लाख ८० हजार सात सय ७६ रुपैँया बजेट विनियोजन गरेको छ ।
