Indrenionline.com

गर्मीका कारण दुई दिन विद्यालय बन्द

घोराही । अत्यधिक गर्मी बढेपछि दाङको घोराही उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गरेको छ । जेठ ३१ र ३२ गते विद्यालय बन्द गरिएको हो । गर्मीका कारण विद्यार्थीस्वास्थ्य समस्या देखिन थालेको छ ।

यसअघि पनि उपमहानगपालिकाले गर्मीका कारण पाँच दिन विद्यालय बन्द गरेको थियो ।