दाङ । घाेराही उपमहानगरपालिका अन्तरगत खेलकुद विकास समितिकाे आयाेजनामा सम्पन्न प्रथम घाेराही गाेल्ड कप फुटबल प्रतियाेगीताकाे उपाधि घाेराही उपमहानगरपालिकाकाे टाेलीले जितेकाे छ ।
आज शनिवार भएकाे फाइनल खेलमा लमही नगरपालिकाकाे टाेलीलाई ४-२ टाइब्रेकरले पराजित गर्दै घाेराहीकाे टाेलीले विजयी भएकाे हाे ।
फाइनल खेलमा खेलकाे आधा समयमा दुवै समूहविच निकै राेचक र प्रतिस्पधात्मक खेल भयाे । याे समयमा कुनै समूहले पनि गाेल गर्न सकेना । खेलकाे दाेस्राे समय अर्थात खेलकाे मध्यान्तरपछिकाे समयमा एक पेनाल्टीसहित लमहीकाे समूहले दुई गाेल गर्याे । लमहीकाे दहराे सामना गरेकाे घाेराही समूहले पनि दुई गाेल गरेर खेलकाे निर्धारित समयमा खेल बराबरी भयाे । खेल बराबरी भएपछि टाइब्रेकर (पेनाल्टी) बाट खेल टुङ्गाे लगाइयाे ।
टाइब्रेकरबाट ४-२ ले विजयी भएकाे घाेराहीकाे समूहले १ लाख ५० हजार नगदसहित मेडल हात पारेकाे छ । उपविजेता लमहीकाे समूहले नगद ८० हजारसहित मेडल प्राप्त गर्याे ।
खेलाडीहरूलाई घाेराही उपमहानगरपालिकाका मेयर नरूलाल चाैधरीलगायत अतिथिहरूले पुरस्कार, प्रमानपत्र, मेडलहरू वितरण गरेका थिए ।
नवलपुरस्थित खेल मैदानमा चैत १० गतेदेखि शुरू भएकाे घाेराही गाेल्ड कप प्रतियाेगितामा जिल्लाका सात वटा पालिकाले भाग लिएका थिए ।
