Indrenionline.com

लमही अस्पतालमा सिकलसेलको परीक्षण शुरु

दाङ । दाङको लमही अस्पतालमा सिकलसेल एनिमिया तथा थालसेमियाको परीक्षण शुरु गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा ल्याव स्थापना गरिएको यो सेवा सुचारु गरेको हो ।

अस्पतालमा सिकलसेल रोग परीक्षण सुचारु गरेसँगै सिकलसेल परीक्षणको लागि जिल्ला बाहिरको अस्पतालमा जानुपर्ने बाध्यता टरेको छ । देउखुरी उपत्यकामा थारु समुदायको बसोवास धेरै छ । त्यसले गर्दा पनि सिकलसेल रोगबाट पीडित हुनेको संख्या पनि बढ्दो छ ।

अस्पतालमा सिकालसेलको परीक्षणको सुविधा थपिएपछि उपचारका लागि पनि सहज हुने छ । लमही नगरपालिकाभित्र १४० जना जतिले विभिन्न अस्पतालबाट सिकलसेलको उपचार गराइरहेको तथ्यांक छ ।