Indrenionline.com

नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवसको अवसरमा दिप प्रज्ज्वलन

इन्द्रेणी संवाददाता
दाङ । नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवसको अवसरमा पत्रकार महासंघ दाङ शाखाले शुक्रवार साँझ दिप प्रज्ज्वलन गरेको छ । घोराहीस्थित नेपाल पत्रकार महासंघ दाङशाखाका परिषरमा दिप प्रज्ज्वलन गरेर स्थापना दिवस मनाएको हो ।

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले पत्रकारहरुले पत्रकारिताको पेशागत मर्यादामा रहेर सत्य तथ्य सूचना सम्प्रेसन गर्नुपर्ने बताए । उनले अभिव्यक्ति स्वतन्त्रताका लागि जस्तोसुकै चुनौती आएपनि पत्रकारहरु समस्या र चुनौतीलाई चिर्दै अघि वढ्न आग्रह गरे । सबै महासंघको ६९ औं स्थापना दिवसको अवसरमा सबै पत्रकारहरुमा शुभकामना व्यक्त गरे ।

दिप प्रज्ज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले पत्रकारहरुलाई आफ्नो महासंघलाई यहाँसम्म ल्याउन सबै पत्रकारहरुको महत्वपूर्ण योग्दान रहेको बताएका थिए ।