दाङ । स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति र सरकारद्वारा गठित वार्ता समितिबीच वार्ता भएको छ । समितिले आजैदेखि थालेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले वार्ता समिति र संघर्ष समितिको बैठकलाई सम्बोधन गर्दै यो समस्या सदाका लागि समाप्त हुने गरी काम थाल्न वार्ता समिति र आन्दोलनको स्वरुप परिवर्तन गर्न संघर्ष समितिलाई आग्रह गरेकी छन् ।
गुठीपीडित किसानहरु जिल्ला प्रशासन अगाडि त्रिपाल टागेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आन्दोलनका कार्यक्रम समेत घोषणा गरी विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।
