Indrenionline.com

सगरमाथा आराेही हरि बुढालाई दाङमा भव्य नागरिक अभिनन्दन गरिने

दाङ । पर्वताआराेही हरि बुढा मगरलाई दाङमा भव्य नागरिक अभिनन्दन गरिने भएकाे छ । गाेर्खा ग्रुप दाङकाे आयाेजनामा फागुन १४ गते नागरिक अभिनन्दन गर्न लागिएकाे हाे ।
ग्रुपले शनिवार पत्रकार भेटघाट गरेर नागरिक अभिनन्दनबारे जानकारी गराएकाे छ ।
गाेर्खा ग्रुपका सदस्य समेत रहेका बुढाले दुबै खुट्टा घुडामाथिबाट गुमाए पनि विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे सफल आराेहण गरेर विश्व कृतिमान राखेका थिए । उनलाई फागुन १४ गते विहान घाेराहीस्थित भानुचाेक देखि र्यालीसहित दाङ जिल्ला उद्धाेग वाणिज्य संघकाे बहुउद्श्यीय सभाहलमा अभिनन्दन गरिने अभिनन्दन आयाेजक समितिका सदस्य आदिम केसीले जानकारी दिए । साे क्रममा बजारका विभिन्ना स्थानमा नागरिकले बुढालाई अभिनन्दन गर्ने छन् ।
अभिनन्दन कार्यक्रम विहान ८ वजे भानुचाेकबाट शुरू हुने र उनलाई सबैले अभिनन्दन गर्न सकिने ग्रुपका अध्यक्ष एंव समाराेहका संयाेजक मानबहादुर बुढाले बताए ।
वि.स. २०३६ सालमा राेल्पामा जन्मिएका हरि बुढा मगर ब्रिटिश आर्मीमा रहदा सन् २०१० अप्रिल १७ मा अवगानस्थानमा खटिएकाे समयमा विस्फाेटक धरापमा परी दुवै खुट्टा गुमाएका थिए । उनले २०८० जेठ ५ गते सगरमाथाकाे सफल आराेहण गरि विश्व कृतिमान कायम गरेका थिए । पत्रकार भेटघाटकाे सहजिकरण नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष एंव अभिनन्दन समाराेह प्रचारप्रसार समितिका संयाेजक दुर्गालाल केसीले गरेका थिए ।