Indrenionline.com

गुठी पीडितले गरे सडकमै सुतेर आन्दोलन

दाङ । दाङका स्वर्गद्वारी गुठी पीडित मोही किसानहरूले आज सडकमै सुतेर सुतेर आन्दोलन गरेका छन्। उनीहरुले आज दिउँसो घोराहीस्थित भानुचोकमा सडकमै सुतेर आन्दोलन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयको गेटअगाडि देखि आन्दोलन सुरू गरेका थिए। सो क्रममा उनीहरुले खाली थाल बजाउँदै चोकमा पुगेर सडकमा सुतेका थिए ।

स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको ७५३ बिगाहा जग्गामा मोही भरेका किसानले मोहियानी हक नपाएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।