Indrenionline.com

छात्राहरुलाई शैक्षिक अभिमुखिकरण

घोराही । नेपाल महिला सामदायिक सेवा केन्द्र र प्रजातन्त्र तथा विकास केन्द्र काठमाडौँको सहकार्यमा सञ्चालित सशक्तिकरणका लागि शिक्षा कार्यक्रम अन्तरगत अध्ययनरत छात्राहरुलाई अभिमुखिकरण गरिएको छ । प्रजातन्त्र तथा विकास केन्द्रको उपस्थितिमा विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुसँग भेटघाटका साथै अभिमुखिकरण गरिएको हो ।

केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रजातन्त्र तथा विकास केन्द्रका कार्यक्रम व्यवस्थापक परिधि आचार्य, स्वास्थ्य कार्यक्रम संयोजक त्रिमुना शिवाकोटी र निति शेर्पाले छात्राहरुलाई व्यक्तीगत स्वास्थ्य, शैक्षिक सफलता लगायतका विषयमा अभिमुखीकरण गरे ।

कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीले संस्थाले स्थापना कालदेखी नै बालबालिकाहरुको शिक्षाकालागी सहयोग गर्दै आएको बताउदै विपन्न, अभिभावकविहिन, दलित, जनजाति लगायत समुदायलाई शिक्षामा सहयोग गर्दै आएको बताए । उच्च शिक्षासम्म बालबालिकाहरुलाई सहयोग गर्ने र उच्च शिक्षा उतिर्ण पश्चात रोजगारीमा जोडेर माथिल्लो तहको शिक्षामा सहयोग गर्ने गरेको उनको भनाइ थियो ।

कार्यक्रममा छात्राहरुलाई शैक्षिक सामाग्रीहरु सहयोग गरिएको थियो । कार्यक्रमको सहजिकरण सशक्तिकरणकालागी शिक्षा कार्यक्रमका संयोजक कल्पना डाँगीले गर्नुभएको थियो ।